बाँकेमा अतिक्रमित संरचना हटाउन शुरु
गोरखापत्र अनलाइन
चैत्र १०, २०७८ बिहीबार
सडक डिभिजन कार्यालय नेपालगन्जले नेपालगन्ज, कोहलपुर र सुर्खेत सडकखण्ड अन्तर्गत बाँके जिल्लाको जमुनाहादेखि कोहलपुरसम्मको क्षेत्रमा अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ । सार्वजनिक सडक ऐन, २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर विहीबारदेखि भत्काउन सुरु गरिएको कार्यालयका डिभिजन प्रमुख होमबहादुर एसीले बताउनुभयो ।