रुपन्देहीमा २३ सय म्यादी प्रहरी छनोट गरिँदै
गोरखापत्र अनलाइन
चैत्र ७, २०७८ सोमबार
आसन्न स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । यहाँका २०८ वटा निर्वाचन बुथ, ६१० मतदान केन्द्रमा खटाउन चैत ११ गतेसम्म अवधि दिएर दरखास्त आह्वान गरिएको छ ।
आइतबारदेखि नै म्यादीमा भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ३६० जना म्यादी प्रहरी भर्ना लिइने उपरीक्षक रेग्मीको भनाई...