पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
लमजुङमा पर्यटन प्रवर्द्धनका लागि सातौँ लमजुङ महोत्सवको तयारी थालिएको छ । चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बेंसीसहर नगरपालिका–७ स्थित सहजी खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी भइरहेको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
‘स्थानिय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड–१९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव २०७८ हुने भएको हो ।