म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साता भित्र दरखास्त मागिने
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिनुभयो । यता, अर्थ मन्त्रालयका प्रवक्ता धुन्डीप्रसाद निरौलाले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो ।