logo
२०८१ बैशाख ५ बुधवार



स्नातकोत्तर पढाई खर्चका जुटाउन तरकारी खेती गर्दै विद्यार्थी

खुला |
प्रदेश |


स्नातकोत्तर पढाई खर्चका जुटाउन तरकारी खेती गर्दै विद्यार्थी


हरिकृष्ण ऐडी
मुगु, फागुन ३० गते । तरकारी खेतिबाट मनग्य आम्दानी हुने भएपछि तरकारी खेतिबाटै स्नातकोत्तरसम्मको पढाई खर्चको जोहो गर्नमा विद्यार्थी लागेका छन् । परम्परागत रैथाने बालीबाट घरखर्च धान्न समस्या भएपछि विद्यार्थीले तरकारी खेतीमा लागेर राम्रो आम्दानी गरेका छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका भामवडा गाउँमा तरकारी ब्यबसाय सञ्चालन गर्दै आउनुभएका बिर्खबहादुर भामले तरकारी खेती गर्न ६ रोपनी जग्गामामा दुई लाख रुपियाँभन्दा बढी लगानी गर्नुभएको छ । उहाँकाअनुसार सदरमुकाम गमगढी बजारमा दिनप्रतिदिन तरकारी खेतीको माँग बढेपछि आफूहरु त्यसतर्फ लागेको बताउनुभयो ।

तरकारी खेतीबाट गरेको आम्दानीले काठमाडौंमा गएर स्नातकोत्तरको पढाई गर्ने तयारी आफूले गरेको भामले बताउनुभयो । उहाँकाअनुसार प्याज, लसुन, बन्दा, काउली, टमाटर र रायो साग उत्पादन गरी तरकारी बजारमा बिक्री गरी बार्षिक तीन लाख जति आम्दानी भइरहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार बेमौसमी तरकारी उत्पादनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कृषि विकास कार्यालयले जिल्ला भित्रका उत्कृष्ट कृषकलाई वार्षिक १५ हजारसम्म नगद पुरस्कार वितरण गर्नेगरेको कार्यालय प्रमुख खेमराज शाहीले बताउनुभयो । जिल्लाभरिका उत्कृष्ट कृषकलाई बार्षिक एक लाख रुपियाँ प्रोत्साहन स्वरुप प्रदान गरिदैआएको उहाँको भनाई छ । जिल्लामा तरकारी खेती गर्ने कृषकको उच्च मूल्यांकन गरी आवश्यक बजेट सहयोग गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?