बढी शुल्क लिए कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल
रासस
पुष २२, २०७८ बिहीबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल बिहीबार भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको थियो ।