राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी
गोरखापत्र अनलाइन
पुष २०, २०७८ मंगलवार
राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । चार वर्षे कार्यअवधि पूरा भएपछि रिक्त हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराउनुभएको...