ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य हो : प्रधानमन्त्री देउवा
रासस
पुष ११, २०७८ आइतवार
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उहाँहरूको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन सबैलाई उत्प्रेरित गर्ने विश्वास उहाँको छ ।