दलको महाधिवेशनमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्ने महासङ्घको चेतावनी
गोरखापत्र अनलाइन
मंसिर ५, २०७८ आईतवार
नेपाल पत्रकार महासङ्घले दलको चुनावमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्नसक्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दे महासंघले पत्रकार आचारसंहिता, स्वतन्त्र पे्रसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।