काँग्रेसको प्रदेश सभा अधिवेशनमा ६० प्रतिशत निर्वाचनबाट नेतृत्व चयन हुँदै
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु भएको प्रदेश सभा अधिवेशनको प्रक्रिया शनिबार जारी छ ।काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर ३ गते वडा अधिवेशन समेत हुन नसकिरहेको सर्लाहीसहित जारी रहेको ६१ जिल्लाको प्रदेश अधिवेशनमा ६० देखि ६५ प्रतिशत निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।