छात्रा शिक्षाका लागि मुख्यमन्त्रीलाई ज्ञापन–पत्र
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
धनुषाको मिथिला नगरपालिकामा स्नातक र स्नातकोत्तर शिक्षण संस्था स्थापनाको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराइएको छ। मिथिला नगरपालिकाको ढल्केवरस्थित मिथिला नगर युवा सञ्जालका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री राउतलाई भेटेर शिक्षण संस्था स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरेका हुन्।