logo
२०८१ जेष्ठ १ मंगलवार



छात्रा शिक्षाका लागि मुख्यमन्त्रीलाई ज्ञापन–पत्र

राजनीति |


छात्रा शिक्षाका लागि मुख्यमन्त्रीलाई ज्ञापन–पत्र


विजयकुमार साह
ढल्केबर, फागुन ६ गते। धनुषाको मिथिला नगरपालिकामा स्नातक र स्नातकोत्तर शिक्षण संस्था स्थापनाको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराइएको छ।

मिथिला नगरपालिकाको ढल्केवरस्थित मिथिला नगर युवा सञ्जालका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री राउतलाई भेटेर शिक्षण संस्था स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा छात्रा शिक्षा, छोरी सुरक्षाजस्ता विषयलाई प्राथमिकता दिन अनुरोध गरिएको छ। मिथिला नगरपालिकामा स्नातक तथा स्नातकोत्तर तहको शिक्षण संस्था सञ्चालन भए अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने बताइएको छ।

सञ्जालका अध्यक्ष राजुकुमार सिंहले शिक्षण संस्था नहुँदा मिथिला नगरपालिकाका छात्रा १२ कक्षा पढेपछि घरमै सीमित हुनुपरेको बताउनुभयो।

मुख्यमन्त्री राउतले मधेस प्रदेशलाई शैक्षिक हब बनाउन आफूले चाहेको भन्दै मिथिला नगरपालिकामा शिक्षण संस्था सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?