अमेरिकामा कोराना विरुद्धको खोप परीक्षण नतिजा सकारात्मक, सब ठीक भए जनवरीसम्ममा बजारमा ल्याउन सकिने
गोरखापत्र अनलाइन ,
जेष्ठ ६, २०७७ मंगलवार
कोरोनाभाइरस विरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ ।
मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने सो कम्पनीले जनवरीको सुरूतिर आम उपभोक्तासमक्ष खोप ल्याउन सक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन् ।