तयार भयाे न्यूमास्क, पुःन प्रयोग हुने, सहज र सुरक्षित
गोरखापत्र अनलाइन ,
श्रावण १, २०७७ बिहीबार
कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको महत्वपूर्ण भाग अनुहार हो । आँखा, नाक, मुखबाट सङ्क्रमण हुनसक्ने जोखिम कमगर्न स्वास्थ्यकर्मीहरू चस्मा, मास्क, फेस शिल्ड (भाइजर) जस्ता सामग्री प्रयोग गरिरहेका छन् । तर अनुहारको समग्र सुरक्षाको लागि लगाइने यी सबै सामग्रीको काम एउटै सामग्रीले गर्ने मास्क राष्ट्रिय आविस्कार केन्द्रमा तयार गरिएको छ । पूरा अनुहारका सुरक्षाका लागि...