मगंलमा प्राचीन जैविक अवशेष खोज्ने यन्त्र
गोरखापत्र अनलाइन ,
पुष १४, २०७६ सोमबार
नासाका वैज्ञानिकहरुले मगंल ग्रहमा प्राचीन जैविक अवशेष खोज्ने यन्त्र सार्वजनिक गरेका छन् ।
‘मार्स २०२० रोभर’ नाम गरेको रोबर्ट गाडीलाई आउँदो वर्ष रातो ग्रहको रुपमा परिचित मगंलमा प्रक्षेपण गर्न लागेको छ । यस रोबर्टले भविष्यमा अन्तरिक्षयात्री जान सक्ने विषयमा पनि अनुसन्धान गर्ने बताइएको छ ।