logo
२०८१ जेष्ठ ५ शनिवार



मगंलमा प्राचीन जैविक अवशेष खोज्ने यन्त्र

बिज्ञान |


मगंलमा प्राचीन जैविक अवशेष खोज्ने यन्त्र



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । नासाका वैज्ञानिकहरुले मगंल ग्रहमा प्राचीन जैविक अवशेष खोज्ने यन्त्र सार्वजनिक गरेका छन् ।

‘मार्स २०२० रोभर’ नाम गरेको रोबर्ट गाडीलाई आउँदो वर्ष रातो ग्रहको रुपमा परिचित मगंलमा प्रक्षेपण गर्न लागेको छ ।

यस रोबर्टले भविष्यमा अन्तरिक्षयात्री जान सक्ने विषयमा पनि अनुसन्धान गर्ने बताइएको छ ।

हालै गरेको एक पत्रकार सम्मेलनमा नासाले जनाए अनुसार आउँदो जुलाई महिनामा फ्लोरिडा राज्यबाट उक्त रोबर्ट गाडीलाई मगंलमा पठाइनेछ ।

रोबर्ट गाडीमा मगंल ग्रहमा जीवनका संकेत पत्ता लगाउन सकिने गरी विभिन्न उपकरणहरु समावेश गरिएको छ ।

मगंल ग्रहमा रहेको भौगर्भिक र रसायनिक वस्तुहरुलाई ती उपकरणको मद्दतले अनुसन्धान गर्न सकिन्छ ।

एउटा कार जत्रो रोबर्ट गाडीमा २३ वटा क्यामरा, मगंलमा ग्रहमा को हावा सुन्नको लागि दुईवटा अन्य उपकरणहरु जडान गरिएका छन् ।

चट्टानी भूभागमा पनि सजिल्यै गुड्नको लागि छवटा पांग्रामा पनि राखिएका छन् । एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?