एक हजार २३३ थान भेन्टिलेटर, दाताले दिए दुई सय, १८० किन्दै
गोरखापत्र अनलाइन
असार २४, २०७८ बिहीबार
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै बिरामीमा भेन्टिलेटरको माग बढेपछि सरकारले यसको व्यवस्थापन गरी सेवा प्रवाहमा सहजता बनाएको छ । बिरामीलाई भेन्टिलेटरको सेवा सहज उपलबध गराउन उपकरण र प्राविधिकको संख्या थप गरी क्षेत्रगत रुपमा व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।