रुसबाट खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै आइपुग्ने
गोरखापत्र अनलाइन
असार १७, २०७८ बिहीबार
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनीका उच्च अधिकारीले बताउनुभयो । तर उहाँले नाम उल्लेख गर्न चहानु भएन ।