पाँच वर्षमा दुई किलोमिटर सडक कालोपत्रे भएन, स्थानीय आक्रोशित
गोरखापत्र अनलाइन
आश्विन ३०, २०७८ शनिबार
बाँकेको खजुरा बजारको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने कार्य ५ वर्षमा पनि पुरा हुनसकेको छैन । ३ वर्षमा दुई किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने भन्दै २०७४ चैतमा निर्माण कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता गरेकोमा सम्झौता गरेको ५ वर्ष बिते पनि सडक निर्माण अझै अलपत्र छ ।