विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ : गृहमन्त्री
गोरखापत्र अनलाइन
कार्तिक ९, २०७८ मंगलवार
गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उहाँले विविधताले भरिपूर्ण नेपाली समाजमा जाति र समुदाय विशेषका आधारमा विभेद् नहोस् भन्नेमा राज्य संवेदनशील रहेको स्पष्ट गर्नुभयो ।