नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको निर्माण सकियो, छिट्टै उद्घाटन हुने
गोरखापत्र अनलाइन
श्रावण ७, २०७८ बिहीबार
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरेको छ ।
नेपाल एकीकरणका बेला अंग्रेज फौजलाई हराएको बिरासत बोकेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । उक्त सङ्ग्रहालय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको...