नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो, मानसिक रोग मुख्य कारण
गोरखापत्र अनलाइन
चैत्र २१, २०७७ शनिबार
नेपालमा आत्महत्याको चित्र डरलाग्दो छ । हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । गत आ.व. २०७६÷७७ मा मात्रै ६ हजार २४१ जनाले विभिन्न कारणले आत्महत्या गरेको तथ्याङ्क छ ।
त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ मा ४ हजार ६८० जनाले आत्महत्या गरेका थिए । २०७३÷७४ मा ५ हजार १२४ जना, २०७४÷७५ मा ५ हजार ३९७ जना, र २०७५÷७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेको देखिएको छ ।