सुत्केरीलाई तेल, कुखुरा र न्यानो कपडा
रासस
फाल्गुन १२, २०७७ बुधबार
जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि रु एक हजार ५००, तोरीको तेलका लागि रु ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि रु ५०० गरी रु दुई हजार ५०० का दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।