प्रम झापा जाने कार्यक्रम स्थगित, स्थानीयस्तरमै मनाइँदै
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७७ शुक्रबार
नेपालको वामपन्थी आन्दोलनको इतिहासमा २०२८ सालको झापा विद्रोह एउटा चर्चित राजनीतिक घट्ना हो । यही झापा विद्रोहमा लागेका कारण तत्कालीन पञ्चायती शासन व्यवस्थाले झापा विद्रोहका पाँच जनालाई सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो । यही दिनदेखि सुखानी घट्ना वामपन्थी आन्दोलनमा ऐतिहासिक रुपमा लिने गरिन्छ । सामन्तीलाई गाँउगाँउबाट मासेर सर्वहाराको पक्षमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ब्यवस्था गर्ने...