बाँकेमा धान खरिद निकै सुस्त, नौ दिनमा १२ किसानले मात्र धान बेचे
गोरखापत्र अनलाइन
पुष ६, २०७८ मंगलवार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले धान खरिदका लागि बनाएको अप्ठ्यारो मापदण्डका कारण निकै कम किसानले मात्र धान विक्री गर्न सकेका छन् । मङ्सिर २६ गतेबाट धान खरिद शुरु गरिए पनि नौ दिनको अवधिमा मात्र १२ जना किसानले आफ्नो धान विक्री गर्न पाएका छन् ।