मानहुँकोटमा केवलकार, जीपलाईन, रिसोर्ट सहितको पूर्वाधार निर्माण गर्न प्रस्ताव
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७७ बिहीबार
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन थालेपछि पर्यटन व्यवसायीहरुले लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजी स्तरबाट अर्बौ रुपियाँ खर्च गर्न तत्परता देखाएको व्यास नगरपालिकाले जनाएको छ ।
चार अर्वको एक प्रस्ताव स्विकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउन बाँकी रहेको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो...