खप्तडमा पर्यटकको चहलपहल बढ्यो, कसरी पुग्ने खप्तड ?
रासस
फाल्गुन १०, २०७७ सोमबार
कोरोना भाइरसको जोखिम घट्दै गएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । आन्तरिक तथा छिमेकी मुलुक भारतबाटसमेत पर्यटक आउन थालेपछि पछिल्लो समय खप्तडमा चहलपहल पनि बढ्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । सुन्दर खप्तड क्षेत्रको अवलोकन गर्न हिजोआज दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ ।