गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७७ मंगलवार
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्टवेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।
एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट...