साइपाल हिमाल छर्लङ्गै हेर्न जाउँ गोलेदेउला
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७७ बुधबार
गोेलेदेउला क्षेत्र डोटी जिल्लाको सायल गाउँपालिका ४,५ र दिपायल सिलगढी नगरपालिका ९ को सँगम स्थलको रुपमा लिने गरिन्छ ।
गोलेश्वरीमा मालिकाको रुपमा यस क्षेत्रमा दशैको अवसरमा नवमी र अष्टमीको दिनमा पूजाआजा गरिन्छ । अग्ला डाँडा माथि घना जँगल र फराकिला फाँटले यस क्षेत्रको प्राकृतिक दृश्यलाइ थप सौन्दर्य पूर्ण बनाएको छ ।