logo
२०८१ मंसिर ११ मंगलवार



ढोरपाटन शिकार आरक्षण बागलुङमा पहिलो सिजनमा एक झारल र एक नाउरको सिकार हुने

पर्यटन |


ढोरपाटन शिकार आरक्षण बागलुङमा पहिलो सिजनमा एक झारल र एक नाउरको सिकार हुने


नवीन शिशिर विक
बागलुङ, कात्तिक १८ गते । नेपालको एक मात्रा वैधानिक सिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा यस वर्षको पहिलो सिकार याममा एक नाउर र एक झारलको मात्रा सिकार हुने भएको छ ।
कोरोना त्रासले एकाएक थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको सिकार नहुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो ।
विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो । शिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको शिकार गर्ने ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।
नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर ५ गते शिकारको लागि ढोरपाटन आउनु हुनेछ । उहाँले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार, लाईसेन्स नवीकरणमा ७५ हजार र एक साता बसाइँको ४० हजार रुपियाँको दरले राजश्व तिर्नुभएको छ ।
सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा एक भाले वा एक झारल मात्र सिकार गर्न पाउँछन् । वि।स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक सिकारी आउने गरेका छन ।
संरक्षण अधिकृत कँडेलका अनुसार हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका छन ।
आरक्षणमा बर्सेनी असोज–मंसिर र फागुन– बैशाख गरी दुई पटक शिकार खुल्छ । गतवर्षको दोस्रो यामको शिकार कोरोनाको कारण रोकिएको थियो । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ ।
यहाँ ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छ । प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाईन्छ । यहाँ दुर्लभ एवं संरक्षीक्षत पंक्षीको सुचमा परेका डाँफे, मुनाल, चिर लगायतका १६४ प्रजातिका चरा पाईन्छ ।
आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षमा व्यस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको पौडेलको भनाई छ ।
पेशेवर विदेशी सिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो । राष्टिन्य निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी बार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ । वि.स २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?