पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
रासस
कार्तिक १३, २०७७ बिहीबार
पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो ।
सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताउनुभयो । “सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,”...