logo
२०८१ मंसिर ११ मंगलवार



कोशीटप्पुका नौ कर्मचारीमा कोरोना

पर्यटन |


कोशीटप्पुका नौ कर्मचारीमा कोरोना



जयकृष्ण यादव
इनरुवा, कात्तिक १३ गते । सुनसरीको पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा कार्यरक्त कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ ।
आरक्षका नौ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको आरक्षलाई उदृत गर्दै स्थानीय पत्रकार मुस्ताक आलमले जानकारी दिनुभयो । प्रदेश १ को प्रवेशद्धारमा रहेको मुख्य पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा कार्यरत्त विभिन्न स्तरका ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा कार्यरत रहेको १५ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा त्यसमध्ये नौ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको हो ।
संक्रमित भएका नौ जनालाई आफ्नै कार्यालयको आइसोलेसनमा राखेर उपचार भइरहेको कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।
उहाँका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षभित्र अति आवश्यक कामबाहेक कोही कसैलाई प्रवेश गर्न रोक लगाएको छ । चौधरीका अनुसार आगामी कार्तिक १५ गतेसम्मका लागि अति आवश्यक काम बाहेक सबै सेवा बन्द गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?