logo
२०८१ मंसिर ११ मंगलवार



तस्बिरमा धार्मिक महत्वको वराहक्षेत्र

प्रदेश |
पर्यटन |


तस्बिरमा धार्मिक महत्वको वराहक्षेत्र
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक १३ गते । नेपालको सुनसरी जिल्लामा रहेको वराहक्षेत्र प्रसिद्ध धार्मिक स्थलहरुमध्ये एक हो । हिन्दु धर्मग्रन्थहरुमा उल्लेखित चार प्रख्यात क्षेत्रमा हरिहर क्षेत्र, कुरुक्षेत्र, मुक्तिक्षेत्र र वराहक्षेत्र रहेकाे र वराहक्षेत्र पौराणिक कालदेखि निकै प्रसिद्ध रहेको छ ।
नेपाली तथा भारतीय पर्यटकका लागि मुख्य गन्तव्य बन्न सक्ने यस क्षेत्रमा पूर्वाधारको विकास भने खासै हुन सकेको छैन । सरकारले अघि सारेको मध्यपहाडी लोकमार्ग अन्तर्गत उदपुरको रामपुर ठाेक्सिलाबाट सप्तकोशीको पुल तरेर पनि यो क्षेत्रमा पुग्न सकिन्छ । धार्मिक महत्वको भए पनि पूर्वाधार अभाव रहेको सो क्षेत्र पुगेर त्यस आसपासको जनजीवन समेट्ने गरी फोटो पत्रकार सागर बस्नेतले तयार गर्नुभएको फोटो फिचर . 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?