काम थाल्ने भनेकाे एरो थाइ सम्पर्कमा आएन, उडान ढिलो हुने
गोरखापत्र अनलाइन
पुष २, २०७८ शुक्रबार
नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो ।