बगरे भञ्ज्याङमा पर्यटकको लर्को
रासस
पुष १२, २०७८ सोमबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो ।
समुद्री सहतबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ । स्थानीयवासी...