आजदेखि १३ कुने पोखरी महोत्सव
रासस
पुष ८, २०७८ बिहीबार
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुहुने छ । महोत्सवमा स्थानिय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरिने छ । महोत्सवमा दैनिक पाँच हजार...