मनास्लुकाे चुचुरोसम्मै डाेरी टाँगियाे, पाँचसय आरोही शिखरमा पुग्ने तयारीमा
गोरखापत्र अनलाइन
आश्विन ८, २०७८ शुक्रबार
यस महिना मनास्लु हिमाल आरोहणका लागि बाटो तयारी भएको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी सम्पन्न गरेको छ ।
आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा शेर्पाका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासी शेर्पाले बाटो निर्माण सम्पन्न गरी...