मनास्लुको दाेस्राे क्याम्पसम्म डाेरी राख्ने काम सम्पन्न, चाँडै आरोहण सुरू हुने
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७८ बुधबार
मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि दोस्रो क्याम्पसम्म बाटो निर्माण (डाेरी राख्ने काम) सम्पन्न भएको छ । आरोही गाइड सोना शेर्पाको नेतृत्वमा बुधबार विहान ६२ सय मिटरसम्म डोरी टाङ्गेर बाटो बनाउने काम सम्पन्न भएको सेभेन समिट ट्रेक्सका प्रमुख मिङमा शेर्पाले बताउनुभयो ।