ग्याँस र चुल्हो पाएपछि मुसहर, डोम समुदायका प्रतिनिधि खुशी
गोरखापत्र अनलाइन
मंसिर ११, २०७८ शनिबार
मटिहानी नगरपालिका ९ सिमरदही बस्ने उर्मिलादेवी सदा औधी खुशी हुनुभयो । घर परिवारका लागि खाना बनाउन हरेक दिन बनमा गएर दाउरा, झिंगटी तथा पात सोहोरने कामबाट मुक्ति पाउने भएपछि उहाँ खुशी हुनुभएको हो ।