मधेस शहीद गेटको निर्माणकार्य अन्तिम चरणमा
गोरखापत्र अनलाइन
मंसिर १९, २०७८ आइतवार
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माण भइरहेको शहीद गेटको निर्माण कार्य अन्तिम चरण पुगेको छ । ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियास्थित धनुष आकारमा बन्नलागेको मधेश शहीद गेटमा रङ लगाउने, भगवान राम र शहिदको प्रतीमा स्थापना गर्नुबाहेक अन्य काम सकिएको छ ।