बलात्कार घटनाका फरार दुई जना अभियुक्त पक्राउ
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
बलात्कार घटनाका दुई जना फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । जिल्लाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई गाउँकै एक १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् ।