एमसीसीबारे सरकारको निर्णयपछि एमालेले धारणा बनाउँ छः नेता पोखरेल
गोरखापत्र अनलाइन
पुष ४, २०७८ आइतवार
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारको आधिकारिक निर्णयपछि मात्र एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी, महिला विभागद्वारा काभ्रेको बनेपामा आज आयोजित प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।