काठमाडौं, पुुस ५ गते । कागेश्वरी मनोहरा नगरपालिकाकाे मूलपानीमा रहेको तृष्णा जोन हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको छ ।
सोमबार बिहान करिब ३ः३० बजे विद्युत् सर्ट भइ हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको हार्डवयेर सञ्चालक युवराज खत्रीकाे अनुमान छ ।
आगलागीबाट पसलमा रहेका छड, सिमेन्ट, जस्ता, रङ्ग, रङ्ग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामाग्री जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहायतामा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी विद्युत् सर्ट भएकाले भएकाे हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।