प्रदेशकै गौरब भनिएको औद्योगिक क्षेत्र, चर्चा धेरै, काम शून्य
गोरखापत्र अनलाइन
भाद्र १८, २०७८ शुक्रबार
गण्डकी प्रदेशकै गौरबको आयोजनाका रुपमा लिएको लोकाहा खोला औधोगिक क्षेत्र स्थापना नाम बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।
पूर्वी नवलपरसीको कावासोती नगरपालिका एक र देवचुली नगरपालिकाको १० , १४ र १५ नं. वडामा पर्ने लोकाहा खोला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनि तीन वर्ष अघिदेखि तयारी गरिए पनि काम जहाँको त्यहीँ छ ।