भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै
रासस
भाद्र १७, २०७८ बिहीबार
राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो ।
हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ । यस अवधिमा अस्पतालमा मात्रै ८० भन्दा बढीको प्रत्यारोपण भइसकेको छ । साँझ, बिहान र बिदाका दिनमा उहाँले चौबीसकोठीको मौलाकालिका...