अमरराज नहर्की
तनहुँ, भदौ १९ गते । चट्याङ लागेर तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । भिमाद नगरपालिका– ८ अर्चलेमा २४ वर्षीय अर्जुन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो चटयाङ्ग लागेर गम्भीर घाइते भएका विश्वकर्माको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आफ्नै घरमा दाउरा चिरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते भएपछि विश्वकर्माको उपचारको लागि केन्द्रमा लगिएको थियो । शव दमौली अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।