logo
२०८१ बैशाख २४ सोमवार



पत्रकारलाई सेवा दिन शिविर सञ्चालन  

प्रदेश |




रामपुर,भदौ २७ गते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग काठमाडौँ र नेपाल पत्रकार महासङ्घ पाल्पाको आयोजनामा भएको दुई दिने शिविरबाट ८० पत्रकारले सेवा लिएका छन् ।    
    
प्रेस प्रतिनिधि तथा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण शिविरमा पाल्पासँगै रुपन्देही, गुल्मी र नवलपरासी जिल्लाका पत्रकारले सेवा लिएको नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

परिचयपत्र बनाउन तथा नवीकरणका लागि काठमाडौँ पुग्नुपर्दा खर्चिलो तथा समस्या हुने हुँदा पाल्पाको तानसेनमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

शिविरमा ४२ ले नयाँ परिचयपत्र, ३७ को नवीकरण र एक जना व्यवस्थापकले परिचयपत्र लिएको सूचना विभागका ध्रुवकुमार पोखरेलले बताउनुभयो ।    
    
उहाँका अनुसार तीनवटा अनलाइनको नवीकरण तथा एक वटा अनलाइनलाई नयाँ दर्ता गरिएको छ ।

सात प्रदेशका एकरएक जिल्लामा सञ्चालन गरिने शिविर कार्यक्रमअनुरुप पाल्पामा पहिलो शिविर सञ्चालन गरिएको विभागले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?