राहतभन्दा स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
रासस
मंसिर २२, २०७८ बुधबार
सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मङ्गलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष...