हुम्लामा ८६ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोपको पहिलो मात्रा
जिल्लाका सात वटै गाउँपालिकाका छयासी प्रतिशत तोकिएका उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्य सम्पन्न भएको छ ।
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिनुभयो । ती पालिकाका ती उमेर...
‘तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जुम्लामा न्यानो गर्न स्थानीय प्रशासनले बाल्यो चोकचोकमा आगो
जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् ।
हुम्लामा भारी हिमपात तापक्रम माइनस १२ डिग्री
रातिदेखि जिल्लाभर भारी हिमपात भएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएको छ भने पशुवस्तु गोठबाट निकाल्न सकिने अवस्था छैन ।
हिमपातले बैतडी–बझाङ सडक बन्द
हिमपातका कारण बैतडी–बझाङ सडक अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, श्रीभावर, गर्जे, सतबाँझ, देहिमाडौं, ग्वाल्लेक, धर्मघर लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित
गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।
खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता
दक्षिणी हुम्लामा पैदल यात्रा गर्दा खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता आएको छ ।
दैलेखमा साढे तीन हजार मतदाता थपिए
लेखमा पहिलो र दोस्रो चरणमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावलीमा तीन हजार पाँच सय ९९ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले पहिलो चरणमा पाँच स्थानीय तह र दोस्रो चरणमा चार स्थानीय तह गरी फोटोसहितको मतदाता नामवली संकलन गरिएको बताउनुभयो ।
डोजरे विकासले गाउँबस्ती जोखिममा पर्दै
समुदायको बिकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले एकातर्फ नागरिकलाई सहज बनेको छ भने अर्कोतर्फ ग्रामीण बस्तीहरु जोखिममा पर्नेगरेका छन् । बस्तीहरुमा सम्भावित जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिदा वर्षा तथा हिमपातकाबेला वस्ती पहिरोको जोखिमको सम्भावना बढाएको हो ।