logo
२०८१ मंसिर ७ शुक्रवार



जुम्लामा न्यानो गर्न स्थानीय प्रशासनले बाल्यो चोकचोकमा आगो 

राष्ट्रिय |
प्रदेश |


जुम्लामा न्यानो गर्न स्थानीय प्रशासनले बाल्यो चोकचोकमा आगो 
हिउँमा न्यानो गर्न स्थानीय प्रशासनले आगो बालेको छ, तस्बिर नेत्र शाही जुम्ला



नेत्र शाही जुम्ला,
खलङ्गा, पुस १४ गते । जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो भने बढिरहेको छ । चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोक चोकमा आगो बालेको छ ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार हिमपातले अहिलेसम्म कतै असर नपु¥याएको र जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिकाको समन्वयमा दाउरा व्यवस्थापन गरिएको हो ।
सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो स्थानमा एक फिट हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन , कोलखोली, बिमानस्थल लगायतका स्थानमा दाउरा वितरण गरी आगो बालेर न्यानो गर्ने काम भएको छ ।
यसैगरी, जिल्लाभर हिमपातको अवस्थाका विषयमा सूचना सङ्कलन भइरहेको छ । हिमपातले सडक तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनबाहेक अन्य साधनहरु नचलाउन सूचना प्रवाह गरिरहेको बताइएको छ ।
यस वर्ष पहिलो पटक हिउँ परेपछि कृषिबालीमा लाभ हुने बताइएको छ । हिउँले हिउँदेवालीलाई फाइदा पु¥याउने किसानहरु बताउँछन् । स्थानीय किसान सुलोचना हितानका अनुसार हिउँले पानीको समेत काम गर्ने भएकाले राम्रो हुने भएको बताउनुभयो ।
हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ । लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरु, पशुचौपाया सबै भरभित्र बस्न बाध्य भएका छन् ।
जुम्लाको तापक्रम न्यूनतम माइनस ०.६ र अधिकतम ७.० रहेको जल तथा मौसमविज्ञान कार्यालय जुम्लाका कर्मचारी जमुना हमालले जानकारी दिनुभयो । लामो समयपछि हिउँ परेपछि हिउँमा रमाउने पनि उत्तिकै छन् । धेरैले सामाजिक सञ्जालमा हिउँमा रमाएको तस्बिरहरु सार्वजनिक गरेका छन् । हिमपातले किसान खुशी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?